विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

डुम्रे । विश्व सम्पदा दिवसका अवसरमा आज यहाँको व्यास नगरपालिकाभित्रका पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धनका व्यास सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘सम्पदा संरक्षण एवं स्वास्थ्य शरीरका लागि’ नारासहित पदयात्रा आयोजना गरिएको हो ।
यहाँका पुरातात्विक सम्पदाको अध्ययन तथा अवलोकनका निम्ति पदयात्रा गरिएको प्रतिष्ठानको कला तथा सांस्कृतिक विभाग संयोजक देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । लोपोन्मुख अवस्थामा रहेका र कतिपय भग्नावशेष बनेका पुरातात्विक सम्पदा संरक्षणमा टेवा पु¥याउने उद्देश्यले पदयात्रा गरिएको उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरिएको पदयात्रा व्यास–४ कार्यालय परिसर, जलदेवी मन्दिर–मस्जिद, कालिका मन्दिर–तमुसार कोइबो हुँदै पाटन–पराशर–व्यास गुफा क्षेत्रमा पुगी पर्यटकीय सम्भाव्यता र सम्पदाको अध्ययन तथा अवलोकन गरिएको पुरात्व एवं पर्यटन विभाग संयोजक हरिसिं गुरुङले बताउनुभयो । पाटन पराशर र व्यास गुफासँगै देउरालीनगर धार्मिकस्थल भ्रमणपछि व्यास–३ अनशन चौतारीमा पदयात्रा समापन गरिएको उहाँले जानकारी दिनुभयो ।
व्यास नगरपालिका प्रमुख एवं व्यास प्रज्ञा प्रतिष्ठानका कुलपति बैकुण्ठ न्यौपानेले अधिकांश सम्पदा भग्नावेश अवस्थामा पुगेको भेटिएका बताउनुभयो । पदयात्रामार्फत नगरपालिकाभित्रका पर्यटकीय स्थानका साथै पुरातात्विक सम्पदाको अवस्था पहिचान गरिएकाले यसले आगामी दिनमा पर्यटन र पुराना सम्पदा संरक्षणमा योजना बनाउन सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
“नगरपालिका पर्यटकीय तथा पुरातात्विक सम्पदामा धनी छ तर यसतर्फ ध्यान दिन सकिएको छैैन । हाम्रो पहिचान नै यी सम्पदा हुन्, त्यसैले नगरपालिका यसतर्फ सचेत भएको छ । आजको कार्यक्रमले पनि हामीलाई केही काम गर्ने सन्देश प्राप्त भएको छ । हाल सञ्चालनमा रहेका यससँग सम्बन्धित कार्यक्रमलाई थप बढावा दिनेछौँ । यी सम्पदालाई आयसँग जोड्ने लक्ष्यसहित अगाडि बढ्छौँ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।
नगरपालिका क्षेत्रमा प्रमुख पर्यटकीयस्थलका रूपमा भगवान वेदव्यासको २८औँ अवतरण भूमि व्यास गुफा परिसर रहेको छ । यसका साथै पराशर गुफा, तनहुँ कालिका मन्दिर धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित छन् । यहाँका कयौँ स्थानको प्रवर्द्धन हुनसकेको छैन । पदयात्रामार्फत यस्ता पुरातात्विक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धनमा तीनै तहका सरकारलाई आवश्यक कार्य अगाडि बढाउन सन्देश प्रवाह भएको आयोजकले जनाएको छ । रासस






लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया