शुक्ला साहित्य प्रतिष्ठानको भित्तेपात्रो सार्वजनिक

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले नव वर्ष २०८२ को अवसरमा नयाँ वर्ष विशेष लेख, रचना वाचन तथा भित्ते पात्रो सार्वजनिक गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, पोखरा महानगर वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे , वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँलगायतले पात्रो सार्वजनिक गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले साहित्य भनेको सुवोध, सरल र जनसाधरणको मन छुने खालको हुनु पर्नेमा जोड दिँदै, सबैले बुझ्ने खालको साहित्य सदैव लोकप्रिय बन्ने बताए । उनले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाको भएपनि साहित्य जिवन र जगतको चित्रणमा केन्द्रीत हुने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलो भूमिका खेल्ने भएकोले सामाजिक विकृति विसंगतीहरुलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणको पक्षमा कोर्न अनुरोध गरे । त्यस्तै पोखरा १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यको विकासमा निरन्तर गर्दै आएका गतिविधिहरुको प्रशंसा गरिन्।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामूदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी , विन्ध्यवासिनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले शुभकामना मन्तव्य राख्दै नयाँ वर्षको आगमन संगै संस्थाले साहित्यिक विकासमा थप रचनात्मक आयामहरु थप्दै जाने अपेक्षा राखे ।
विभिन्न सामाजिक संघ, संस्था र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा संस्थाका मानार्थ सदस्य,अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ, इन्दु भट्टराई, सुमनराज पौडेल,सल्लाहकार शिव त्रिपाठी, सुवास अधिकारी र साहित्यकार मोहन प्रसाद पौडेल तथा बोधराज आचार्यले आ आफ्ना लेख रचना प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद पौडेल र वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाले उपाध्यक्ष दीपेन्द्र बानियाँको संयोजकत्वमा पंचाङ्ग सहितको भित्तेपात्रो प्रकाशन गरेको छ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया