गण्डकी विश्वविद्यालयमा कर्मचारी मञ्च गठन

पोखरा । गण्डकी विश्वविद्यालयमा कर्मचारीहरूको साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय कर्मचारी मञ्च’ गठन गरिएको छ । विश्वविद्यालयमा कार्यरत कर्मचारीको शुक्रबारको भेलाले सहायक प्रशासन अधिकृत (छैठौं पद) ईश्वर सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्षमा सहायक प्रशासन अधिकृत (छैटौं पद) देवका खनाल, सचिवमा प्राविधिक सहायक (पाँचौं पद) उज्वल अधिकारी, सदस्यहरूमा लेखा सहायक (पाँचौं पद) नारायण लामिछाने र प्रशासन सहायक (पाँचौं पद) लक्ष्मण सुवेदी चयन भएका छन् ।
यसअघि विश्वविद्यालयमा कुनै पनि कर्मचारी संगठन वा समूहको औपचारिक गठन भएको थिएन । विश्वविद्यालयको समग्र हित र कर्मचारीहरूको अधिकार तथा हकहितको प्रवद्र्धन गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै मञ्च गठन गरिएको नवगठित मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिए ।
यसअघि गण्डकी विश्वविद्यालयमा कानुन संकायका संयोजक रविकुमार सिलवालको संयोजकत्वमा ‘केन्द्रीय प्राध्यापक समिति’ पनि गठन भएको छ ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया