गण्डकी विश्वविद्यालयमा कर्मचारी मञ्च गठन

पोखरा । गण्डकी विश्वविद्यालयमा कर्मचारीहरूको साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय कर्मचारी मञ्च’ गठन गरिएको छ । विश्वविद्यालयमा कार्यरत कर्मचारीको शुक्रबारको भेलाले सहायक प्रशासन अधिकृत (छैठौं पद) ईश्वर सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्षमा सहायक प्रशासन अधिकृत (छैटौं पद) देवका खनाल, सचिवमा प्राविधिक सहायक (पाँचौं पद) उज्वल अधिकारी, सदस्यहरूमा लेखा सहायक (पाँचौं पद) नारायण लामिछाने र प्रशासन सहायक (पाँचौं पद) लक्ष्मण सुवेदी चयन भएका छन् ।
यसअघि विश्वविद्यालयमा कुनै पनि कर्मचारी संगठन वा समूहको औपचारिक गठन भएको थिएन । विश्वविद्यालयको समग्र हित र कर्मचारीहरूको अधिकार तथा हकहितको प्रवद्र्धन गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै मञ्च गठन गरिएको नवगठित मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिए ।
यसअघि गण्डकी विश्वविद्यालयमा कानुन संकायका संयोजक रविकुमार सिलवालको संयोजकत्वमा ‘केन्द्रीय प्राध्यापक समिति’ पनि गठन भएको छ ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया