प्रमुख निर्वाचन आयुक्त थपलियाको कार्यकाल सम्पन्न, आयोगमा बिदाइ कार्यक्रम

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएको छ। आयोगमा शुक्रबार आयोजित एक समारोहमार्फत् थपलियालाई अन्य आयुक्तहरू र कर्मचारीहरूले बिदाइ गरे।
छ वर्षअघि प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थपलियाले २०७६ सालदेखि आयोगको नेतृत्व सम्हालेका थिए। उनको कार्यकालमा २०७९ सालमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएका थिए।
थपलियाको कार्यकालमा निर्वाचन आयोगले राजनीतिक दल विभाजनसम्बन्धी विवाद, कानुनी अस्पष्टता र राजनीतिक हस्तक्षेपजस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो। उनको नेतृत्वमा आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानून निर्माण गर्ने प्रयास गरे पनि सरकारले पर्याप्त ध्यान नदिँदा त्यो प्रक्रिया टुंगिन सकेन। त्यस्तै, राजनीतिक दलसम्बन्धी कानून संशोधनको पहल पनि अधुरै रह्यो।
यद्यपि, थपलियाले आफ्नो कार्यकालमा आयोगको निष्पक्षता र गरिमाको रक्षा गर्न प्रयत्नशील रहेको भन्दै उनको भूमिका सकारात्मक रूपमा मूल्यांकन हुने गरेको छ। कतिपयले उनलाई नेकपा एमाले निकट रहेको आरोप लगाए पनि उनले एमालेका आग्रहअनुसार एकीकृत समाजवादी पार्टी विभाजन र अध्यादेश ल्याउने प्रयासमा साथ नदिएको टिप्पणी गरिन्छ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया