पोखरा एयरपोर्टलाई बदनाम नगरौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगर्न आग्रह गरेका छन् ।
पोखरा विमानस्थलको अनियमितताका बारेमा छानबिन गर्न गठित सार्वजनिक लेखा समितिमातहतको उपसमितिको प्रतिवेदन सार्वजनिक भएपछि आएका समाचारहरुका बारेमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले उक्त आग्रह गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको योजना हो।
४०% रकमले परियोजना बन्यो र ६०% अनियमित भएको भनिएको छ के यो सम्भव होला ?
सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगरौं।
सम्वन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक नहुन्जेलसम्म पब्लिक कन्जब्सन र मिडिया ट्रायल गरेर अनुमानको भरमा निष्कर्ष निकाल्ने कार्य अनुचित हुन्छ।
अनियमितता भएको हो भने छानबिन होस्, जो सुकै दोषी ठहरिन्छ, कानुनी कठघरामा उभ्याइयोस् — कार्वाहीमा कुनै कसर नराखौं।
कारबाहीको प्रक्रिया सँगसँगै, अन्तर्राष्ट्रिय उडान नियमित गर्न सबैको ध्यान केन्द्रित गरौं।
विवाद होइन, सफलता र सम्भावनाको केन्द्र बनाऔं हाम्रो पोखरा विमानस्थललाई।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया