प्रधानमन्त्रीसँग वार्ता भए पनि शिक्षकले सडक नछाड्ने

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले हालसम्म आन्दोलन नछाड्ने अडान दोहोर्याउँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति बालुवाटारमा भएको छलफलमा पनि तत्काल समाधानको बाटो खुलेको छैन। छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।
प्रधानमन्त्री ओलीले यसअघि चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षक आन्दोलन सम्बोधनका लागि संवाद र गृहकार्य गर्न निर्देशन दिएका थिए।
सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। सोही निर्णय अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने तयारी समेत गरिएको थियो।
यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसले गर्दा विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।
सरकारले आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरे पनि आन्दोलन लम्बिने संकेत देखिएको छ। सरकार र शिक्षक महासंघबीच संवाद जारी रहे पनि निष्कर्षमा पुग्न समय लाग्ने देखिएको छ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया