पत्रकारलाई अदालती रिपोर्टिङ सिकाइयो

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारलाई अदालती रिपोर्टिङसम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा तालिम शुक्रबार र शनिबार तालिम भएको हो ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिस्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका छन् । पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइँकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिए ।
गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसलापछि कार्यान्वयनको चरण र न्यायाधीशलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्ने तर्फ उनले सचेत गराएका थिए ।
तालिममा २ दिन गरेर कास्कीका ८० जना पत्रकारको सहभागिता थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिपोर्टिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिमपश्चात पत्रकारले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । तालिमपश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले जनाए ।








विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया