कस्केली अधिकृत समाजको पात्रो

पोखरा । कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण गरेको छ । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवं समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले भित्तेपात्रो लोकार्पण गरे ।
कर्मचारी मिलन केन्द्र कास्की अध्यक्ष आचार्यले जीवनलाई सुखी र खुुसी अनुुभूति गराउन सक्नुपर्ने र ऊर्जाशील बन्नुपर्नेमा जोड दिए । कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले पछिल्ला समयमा नकारात्मक सोचले समाजमा बढावा पाउने गरेको बताउँदै सकारात्मक सोचको विकास अहिलेको आवश्यकता भएको औंल्याए ।
समाजले विभिन्न रचनात्मक गतिविधिलाई सञ्चालन गरिरहेको उनको भनाइ छ । कार्यक्रममा सल्लाहकारहरू दुर्गाबहादुर शाह (बाबा), भगवान पन्त, विश्वनाथ पराजुली, प्रेमप्रकाश गौतम, देबेन्द्र केसी लगायतले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
समाजले यही वैशाख १३ गते लमजुङ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गर्ने भएको छ । समाजले प्रत्येक वर्ष पोखरा र आसपासका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गरिरहेकोमा यस वर्ष लमजुङ जिल्लाका विभिन्न धार्मिक एवम् ऐतिहासिक स्थललाई समेट्न खोजिएको सचिव महेश पौडेलले जानकारी दिए ।
यस वर्षको प्रवद्र्धनात्मक भ्रमणमा इशानेश्वर महादेव मन्दिर कर्पुटार, सुन्दर बजार, भोटे ओडार, गाउँसहर लमजुङ दरबार, अपर मस्र्याङ्दी पावरहाउस ङादी लगायतका स्थान समेट्न खोजिएको उनको भनाइ छ । समाजकै आयोजनामा यस अघिका वर्षमा स्याङ्जा नुवाकोट, बाग्लुङ जिल्लाको पञ्चकोट, बाग्लुङ कालिका मन्दिर, पर्वत तथा स्याङ्जाका डहरे देउराली, अन्धाअन्धी , भालुपहाड लगायतका गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण गरिसकिएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया