पोखरा नवलपुर समाजमा शुभकामना

समाधान संवाददाता २०८२ वैशाख ६ गते १९:२७

पोखरा । पोखरा नवलपुर सम्पर्क समाजको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान एवं क्यालेन्डर लोकार्पण कार्यक्रम भएको छ । समाजका सल्लाहकार चोलाकान्त ओझा, सल्लाहकार जानकी बास्ताकोटी, कर्णबहादुर श्रेष्ठ, गोकुल रिमाल लगायतले पात्रो लोकार्पण गरेका हुन् ।

Advertisement

संस्थाका सल्लाहकार ओझाले पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सहयोग र सद्भाव देखाउनुपर्नेमा जोड दिए । नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आगामी दिनमा समाजका गतिविधिलाई अझै प्रभावकारी बनाउनसमेत सुझाव दिए ।

समाजका अध्यक्ष ईश्वर श्रेष्ठले समाज सामाजिक कार्यमा निरन्तर क्रियाशील रहेको जनाउँदै क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा समाजका उपाध्यक्ष मणिप्रसाद डुम्रे र सचिव शिवप्रसाद न्यौपानेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया