पाल्पाली समाज पोखराको भित्तेपात्रो, पर्यटन प्रवद्र्धनमा जोड

समाधान संवाददाता २०८२ वैशाख ६ गते १९:२९

पोखरा । नयाँ वर्ष २०८२ को सन्दर्भमा पाल्पाली समाज पोखराले शनिबार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।

समाजका पूर्व अध्यक्ष तथा ताल बाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले समाजले पर्यटन प्रवद्र्धनका गतिविधि गरेर पोखरा र पाल्पालाई जोड्ने काम गरेका बताए । ३० वर्षदेखि सदस्यको हकहितका अलावा शिक्षा, सामाजिक, सांस्कृतिक क्षेत्रमा समाजले काम गरेको उनले उल्लेख गरे । समाजका अध्यक्ष श्रीधर पराजुलीले जन्म थलो पाल्पा र कर्मथलो पोखरालाई जोडेर पर्यटन, शिक्षा र सामाजिक गतिविधि गरेको जानकारी दिए ।

‘गण्डकी र लुम्बिनीको पर्यटकीय स्थलको प्रवद्र्धनको लागि समाजले पोखराको लेकसाइडमा डिजिटल बोर्ड राखेको छ,’ उनले भने, ‘समाजले मातृसेवा प्रतिष्ठान नेपालको सहकार्यमा कास्कीका कर्मभूमि र पाल्पामा जन्मभूमि शैक्षिक छात्रवृत्तिको कार्यक्रम चलाएको छ ।’ उनले स्थानीय तह, पर्यटन व्यवसायी र उद्योग वाणिज्य संघसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका कामलाई अगाडि बढाउने बताए ।

Advertisement

समाजका सल्लाहकार प्रा जनपुकार मुनकर्मीले संस्थागत गतिविधि बढाएर समाजलाई उचाई पु¥याउने गरी काम गर्न सुझाव दिए । कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु जगदीश गौतम, नारायणप्रसाद पौडेल, रेशमराज थापा, बाबुराम खनाल, सल्लाहकार खेम सारु, समाजका वरिष्ठ उपाध्यक्ष केशव नेपाल, सचिव पदमप्रसाद पोखरेल, भित्तेपात्रो प्रकाशन समितिका संयोजक कृष्णप्रसाद मिश्र लगायतले पर्यटन, शिक्षा र सामाजिक क्षेत्रमा समाजले गरेका कामका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया