धितालमा गाउँ पर्यटन प्रवर्धन मञ्चको सभा

पोखरा । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ‘ भन्ने नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा भयो ।
साधारणसभामा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले पालिका पर्यटकका लागि पहिलो रोजाईमा आउनुमा पर्यटन व्यवसायीको हात रहेको बताउँदै गाउँपालिकाले पर्यटकीय क्षेत्रमा व्यवसाय मैत्री वातावरणमा जोड दिएको जनाए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै पर्यटन बोर्ड व्यवसायीको साथमा रहेको उल्लेख गरे ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकनाथ गौतमले भिटोफ संस्थाले जस्तै अन्य संघ, संस्थाले पनि आफ्ना वार्षिक कार्यक्रमहरु गाउँगाउँमा गएर गरेका गाउँको पर्यटन फस्टाउने बताए । भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने मुल मन्त्रलाई ध्यानमा राखेर संस्थाले कार्य गर्दै आएको बताए ।
सभाले प्रथम उपाध्यक्ष रमेश अर्यालले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । मञ्चकी अध्यक्ष शोभाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष सुशीला भण्डारी र सचिव लक्ष्मण पहारीले पनि धारणा राखेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया