नेपाल निजामती कर्मचारी सगंठनको स्थापना दिवस, ३८ युनिट रगत संकलन

पोखरा । नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्य समिति कास्कीले आइतबार खुला रक्तदान आयोजना ग¥यो । संगठनको ३६ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा ३८ युनिट रगत संकलन भएको अध्यक्ष रामचन्द्र पहारीले जानकारी दिए ।
कार्यक्रममा संगठनका गण्डकी प्रदेश इन्चार्ज भरतप्रसाद भुषालले प्रशासनिक रुपमा संघीयताको कार्यान्वयनका लागि संघीय निजामती कर्मचारी ऐन जारी गर्न माग गरे । ‘पुराना कानुनहरूले नयाँ व्यवस्थाको मर्म बोक्न सक्दैनन्, जसको कारण पनि आम कर्मचारीले भ्रम र आरोपहरू समेत खप्नु परिरहेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐन जारी गर्न आवश्यक छ ।’
उनले आम कर्मचारी सशक्त आन्दोलनमा जानुपर्ने वातावरण सिर्जना नभई अभिलम्ब ऐन जारी गर्न सरकारसमक्ष आग्रह गरे । पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सचिव रामप्रसाद खनालले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य कार्यान्वयन गर्न नेपालको निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले निजामती प्रशासनमा कार्यरत कर्मचारीको ट्रेड युनियनको मुल प्रवाहको रुपमा रहेको कर्मचारी संगठनमा आबद्ध कर्मचारीलाई नेपाली जनतालाई सर्वसुलभ, चुस्त दुरुस्त र पारदर्शी रुपमा सेवा प्रवाह गर्न सुझाव दिए । नेपाल निजामती कर्मचारी संगठन कास्की अध्यक्ष पहारीले संगठनले स्थापना दिवसको अवसरमा बर्सेनी रक्तदान लगायतका सामाजिक कार्यक्रम गरेको बताए । उनले संगठनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन र संस्थागत सुशासनको पक्षमा काम गरेको दाबी गरे ।
उनले मुलुक संघीय संरचनामा गएसँगै पालिका स्तरमा कमिटी निर्माण गरेको जानकारी दिए । कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु राममणि ढुंगाना र तिलकप्रसाद आचार्य, गण्डकी प्रदेश कमिटी अध्यक्ष डोलराज पराजुली, संगठन कास्की उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल लगायतले बोलेका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया