३ महिने तालिमपछि खोले २ युवतीले प्रो स्टाइल्स सैलुन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ साझामा प्रो स्टाइल्स हेयर कट्स एन्ड ब्युटी सैलुन सञ्चालनमा आएको छ । स्थानीय सुष्मा बराल र प्रतिमा बरालले सैलुन सञ्चालन गरेका हुन् ।
सैलुन आइतबार पोखरा महानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले सुरुआत गरे । बरालद्वयले सैलुन र पार्लरसम्बन्धी ३ महिने तालिम लिएपछि व्यवसाय सुरु गरेका हुन् ।
पोखरा महानगरपालिकाले उद्यमशीलताको विकासमा सहयोग पुर्याउन आयोजना गरेको ३ महिने सैलुन तथा पार्लरसम्बन्धी तालिममा उनीह सहभागी थिए । सिकेको सीप सदुपयोग गर्दै स्वरोगार बन्न व्यवसाय सुरु गरेको सुष्माले सुनाइन् ।
महिला र पुरुष दुबैका लागि सैलुन र पार्लरसम्बन्धी सेवाहरु उपलब्ध रहेको अर्का सञ्चालक प्रतिमाको भनाइ छ । वडाध्यक्ष बरालले सीप सिकेर स्वरोजगार बन्नु सकारात्मक भएको बताउँदै सैलुनको थालनीले अरुलाई पनि प्रेरणा मिल्ने उल्लेख गरे । वडावासीलाई उद्यममा जोड्न विभिन्न किसिमका तालिम वडाले दिँदै आएको बरालको भनाइ छ ।









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया