सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभा

पोखरा । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार तनहुँको बन्दिपुरमा भएको छ । सभाले संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
साधारण सभामा ५६.१९ प्रतिशत सेयर सदस्यको उपस्थिति थियो । राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदाको चुक्ता पुँजी ७० करोड ०८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ छ । वित्तीय संस्थाको साधारण सभाले पारित गरेकोे वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैँया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराए ।
१ सय ५५ शाखा रहेको सम्पदामा १ लाख ७७ हजार ९ सय २ जना सदस्य छन् भने ७६ हजार ९ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुनकुमार सिं, हरिप्रसाद डुम्रे, जीवमूर्ती पन्त र प्रदीप सिग्देल शर्मा निर्वाचित भए । यस्तै सर्वसाधारणको तर्फबाट भेषराज रोकाया र विनोद तामाङ चयन भए । सभाले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नका लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया