मुस्ताङमा ट्राफिक जरिवानाबाट १६ लाख राजस्व संकलन

जोमसोम । मुस्ताङमा ९ महिनामा १६ लाख १४ हजार ट्राफिक राजस्व संकलन भएको छ । २०८१ सालको साउनदेखि चैत मसान्तसम्ममा १ हजार ३ सय ९ वटा सवारी साधनलाई कारवाही गर्दा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज भुवन क्षेत्रीका अनुसार मुस्ताङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई प्रचलित कानुन बमोजिम ट्राफिक जरिवाना लिएर कारवाहीको दायरामा ल्याउने कार्य भएको छ । क्षेत्रीले मुस्ताङमा यो अवधिमा मुस्ताङ भित्रिएका सवारीमध्ये ७१ वटा ट्रक/टिपरलाई कारवाही गर्दा ५ हजार ५ सय र ८५ वटा बसलाई कारवाही गर्दा ७ हजार ६ सय संकलन भएको छ ।
९ सय २१ कारजीपलाई कारवाही गर्दा ११ लाख ९२ हजार ५ सय, ४० वटा ट्याक्टरलाई कारवाही गर्दा ३ हजार ६ सय राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक, मापसे सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने चालक, हेलमेट नलगाउने, प्रयोजन विपरीत सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने र आवश्यक कागजात नलिई सवारी चलाउनेबाट राजस्व संकलन गर्ने गरिएको ट्राफिक इन्चार्ज क्षेत्रीले जानकारी दिए ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया