माझठाना पोखरा समाजमा शारदा

समाधान संवाददाता २०८२ वैशाख ८ गते ११:२६

पोखरा ।
माझठाना पोखरा सम्पर्क समाजको आठौं साधारण सभा एवं पाँचौ अधिवेशनले शारदा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा नरेश तिवारी, सचिव विष्णुहरि तिवारी, कोषाध्यक्ष बद्रिनाथ भुर्तेल, सहसचिव सुमनबाबु अधिकारी, सहकोषाध्यक्ष धनकुमारी भुर्तेल छन् ।

Advertisement


सदस्यमा राधिका भुर्तेल, विनोद तिवारी, हरिप्रसाद कँडेल, सूर्यराज चपाई, रामप्रसाद कोइराला, वीरेन्द्रराज भुर्तेल, हरिमाया तिवारी, लक्ष्मण बास्तोला, चिरञ्जीवी भुर्तेल, राजेन्द्रप्रसाद तिवारी, कृष्णबहादुर भुजेल र विष्णुप्रसाद कँडेल छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले जनताको बलले प्राप्त उपलव्धिको रक्षा गर्दै समग्र विकास निर्माणमा जुट्न आग्रह गरे ।


भूमि समस्या समाधान आयोग कास्की अध्यक्ष वैनबहादुर गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो । सो अवसरमा क्यान्सर पीडित रतन परियारको उपचारार्थ ५८ हजार ५ सय १७ नगद सहयोग गरिएको थियो ।

Advertisement


समाजका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा भूमी आयोग कास्की अध्यक्ष बैनवहादुर गुरुङ, पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, सल्लाहकारहरु ऋषिराम लामिछाने, तोयनाथ लामिछाने, दयाराम तिवारी, दर्गादत्त भुर्तेल, डा मानबहादुर केसी, सूर्य तिवारी, हरिप्रसाद बास्तोला, टुकाराम लामिछाने, खिमबहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा सचिव नरेश तिवारीले सांगठनिक र कोषाध्यक्ष विष्णुहरि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया