पोखरामा बत्ती गएर हैरानी, लोडसेडिङको हो ?

पोखरा ।
पोखरा महानगरपालिकामा सोमबार दिनभरि १० पटकभन्दा बढी विद्युत् आपूर्ति अवरुद्ध भएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू मर्कामा परेका छन् । अचानक र बारम्बार भएको लोडसेडिङका कारण घरायसी कामकाजदेखि व्यवसायिक गतिविधिसम्म प्रभावित भएका छन् ।
अघिल्लो वर्षसम्म विद्युत प्राधिकरणले बिजुली मर्मत गर्न पर्दा सूचना निकालेर बत्ति अवरुद्ध हुने सूचना दिन्थ्यो । तर, अहिले विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सूचना समेत जारी गरेको छैन । फेसबुक पेजसमेत अहिले डिसेम्बरदेखि अपडेट छैन ।
आखिर सोमबार पोखराका केही एरियामा भएको के हो ? समाधानले पोखरा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवसम्पर्क गरेको छ ।
उनका अनुसार पोखराको न्यूरोड एरियामा मात्र बत्ति गएको हो । न्यूरोड फिडरमा लोड धेरैभएपछि समस्या आएको थियो । तर, बेलुका समस्या समाधान भएको उनले बताए । ‘पोखरा अरु एरियामा केही भएको छैन । न्यूरोडमा मत्र ओभर लोड भएको हो । सबा ५ बजेपछि बन्यो,’ उनले भने, ‘गर्मी बढ्यो । लोड धान्न सकेन । अनि फिडरमा समस्या आएको हो । हामीले समाधान गरिसक्यौं ।’ वितरण केन्द्रको अघिल्लो फेसबुक आइडीसमेत ह्याक भएको उनले सुनाए । ‘त्यो पूराना फेसबुक ह्याक भयो । अहिले नयाँ पेज बनाएका छौं,’ उनले भने ।
हालको मौसममा गर्मी बढेसँगै विद्युत् मागमा वृद्धि भएको छ । तर, प्रसारण लाइनको क्षमता अभाव र व्यवस्थापनको कमजोरीका कारण विद्युत् आपूर्ति नियमित गर्न कठिनाइ भएको दाबी गरिएको छ । । यसअघि पनि नेपालमा प्रसारण लाइनको अभावले उत्पादन भएको विद्युत् खेर जाने अवस्था आएको थियो ।
विद्युत् आपूर्तिमा बारम्बारको अवरोधले पोखराका बासिन्दाहरूको दैनिकी प्रभावित बन्दै गएको गुनासो गर्न थालेका छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया