पोखरा महानगरका नगर प्रहरीलाई सञ्चारसेट

पोखरा । पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो ।
वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा महानगरका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न सहज भएको छ”, उनले भने ।
उनका अनुसार वाकिटकीको प्रयोगमार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको छ । नेपाल टेलिकमको नेटवर्कबाट चल्ने भएकाले दूरीको हिसाबले पनि कुनै समस्या नभएको उनले बताए ।
पिओसी वावाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयर बाट सामुहिक तथा व्यक्तिगत रुपमा कुराकानी गर्न, कुराकानीलाई रेकर्डमा राख्न र सुन्न, जिपिएस लोकेसन ट्रयाकिङ गर्नका साथै केन्द्रबाटै नियन्त्रण गर्नका लागि सहज भएको छ । यसले नगरप्रहरीको कामलाई सहज बनाएको उनको भनाइ छ ।
एबेल ब्राण्डको पिओएस वाकिटकीको आधिकारिक बिक्री वितरक डिकेड इन्टरनेशलनले नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल प्रमाणपत्र प्राप्त गरी नेपाल टेलिकम तथा एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चारसेवा दिइरहेको छ । साथै प्रत्येक आइएमइआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया