लेखनाथमा २४ युनिट रगत संकलन

समाधान संवाददाता २०८२ वैशाख ९ गते १८:०८

लेखनाथ । नेवाः खल लेखनाथ र लेखनाथ मिसा पुचको संयुक्त आयोजनामा भएको रत्तदानमा २४ युनिट रगत संकलन भएको छ । रत्तदानको महत्व र निरोगी हुने उपायका बारेमा जनस्तरमा जानकारी गराउने उद्देश्यले राखिएको रत्तदानमा पहिलो पटकदेखि ३३ औं पटकसम्म रक्तदान गर्नेहरु सहभागी बने ।

Advertisement

.पहिलो रक्तदाता नेवाः खल लेखना उपाध्यक्ष प्रकाशलाल श्रेष्ठलाई आकस्मिक रत्तदान युनिटका व्यवस्थापक हरिसचन्द्र शर्माले ब्लड ब्याग दिएर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले मानिसले समय समयमा रक्तदान गरे त्यो निरोगिताको प्रमाण भएको बताए ।

नेवाः खल लेखनाथ अध्यक्ष भैरवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव बलबहादुर श्रेष्ठ, उपाध्यक्ष प्रकाशलाल, मिसा पुच कास्कीकी निवर्तमान अध्यक्ष मेनुका श्रेष्ठ, नेवाः खल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ, लेखनाथ मिसाः पुचकी कार्यवाहक अध्यक्ष पवित्रा श्रेष्ठ, नेपाली कांग्रेस पोखरा २७ का सभापति नारायणमणि लामिछाने, सनराइज क्लबका अध्यक्ष सूर्य न्यौपाने, कार्यक्रम संयोजक बालगोपाल श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया