पोखरा विमानस्थल अनियमितता प्रकरणमा पोउवा संघ भन्छ
अनियमितता भएको भए छानबिन गर, अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको छ ।
संघका महासचिव शोभा गौतमबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,‘ निर्माणको क्रममा अनियमितता भएको छ भने त्यसको छानबिन र दोषीमाथि हदैसम्मको कारवाही होस् । अन्याय, बेथिति, दुरुपयोग घोटालाका विरुद्ध हामी साथ सहयोग गर्न तयार छौँ । तर, विभिन्न बहानामा पोखराको बदनाम गर्ने, निर्माण भएर भर्खर अन्तर्राष्ट्रिय उनडान हुँदै गरेको विमानस्थल संचालनमा रोकावट तथा अवरोध हुने गरी कोही कसैबाट अवान्छित गतिविधि क्रियाकलाप चाहिँ नहोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।’
विज्ञप्तिमार्फत् संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भाँजो नहाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्घोष पनि गरेको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदनमा एयरपोर्ट निर्माणको क्रममा भ्रष्टाचार भएको किटान गरिएपछि पोउवा संघले यस्तो प्रतिक्रिया जनाएको हो ।
संघकै अगुवाइ, निरन्तरको पैरवी र लामो रिले अनसनपछि विमानस्थल निर्माण भएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ,‘ संघको ‘भगिरथ प्रयास’ को जगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भन्नेमा कुनै द्विविधा छैन । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताका निम्ति हामीले पटक–पटक नागरिक उड्डयन प्राधिकरण, प्रधानमन्त्रीदेखि मन्त्रीलगायत सबै सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएका छौँ । नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताका निम्ति हाल चीनको सिचुवान प्रान्तको छिन्दुमा भइरहेको चार्टर उडानका निम्ति पनि मिति २०८१चैत्र १९ गतेको दोश्रो उडानमा संघले पहलकदमी गरेको छ ।’
विज्ञप्तिमा विमानस्थल निर्माणकै बेला रोक्न भाँजो हालिएको जिकिर गर्दै अगाडि भनिएको छ,‘ ती घटनाहलाई हामीले संघीय राजधानी काठमाडौंको केन्द्रीकृत मानशिकताको उपज भएको ठहर गरेका थियौँ । अहिले पनि त्यस्ता मानशिकता बोक्ने मान्छेहरु क्रियाशील छन् र उनीहरु अधिकार प्रत्यायोजन एवं अर्को क्षेत्रको विकास चाहँदैनन् कि भन्ने हामीलाई महसुस भएको छ ।’











राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया