गुप्तेश्वर गुफामा वाद्यवादन तालिम

पोखरा । गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आयोजना एवम् वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालको संयोजनमा आयोजित एक महिने वाद्यवादन तालिम मंगलबार सकिएको छ ।
गित संगितलाई सुमधुर र मनोरञ्जनयुक्त तुल्याउन वाद्यवादन सामाग्री बजाउन सिप प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित तालिममा मादल, खैजरी, मुजुरा, हार्मोनियम र वाँसुरी गरी पाँच विधामा ५२ जनाको सहभागिता थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सके मात्र प्रशिक्षणले सफलता प्राप्न गर्ने विश्वास व्यक्त गरिन् ।
धार्मिक क्षेत्र गुफाको आम्दानीबाट गुफाको संरक्षणका साथै शैक्षिक, आध्यात्मिक, तथा यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले प्रचलित कानूनी रुपमा सम्पन्न यस धार्मिक क्षेत्रको आम्दानीमा कसैले पनि आँखा लगाउन नसक्ने बताइन् ।
नातीदेखि हजुरआमासम्म तीन पुस्ताको सहभागि रहेको उक्त प्रशिक्षण अन्तर्गत मादलमा सविता गिरी र सोसन सुवेदी, खैजरीमा दिपा कुमारी तिमिल्सिना,मुजुरामा रमादेवी पौडेल, हार्माेनियममा प्रशान्त जोशी र वाँसुरीमा सिख न्यौपाने सर्वोत्कृट भई पुरस्कृत भएका थिए ।
वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष नवराज बराल, लोकभजन चुड्का प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, जिल्ला अध्यक्ष शालिकराम गौतम, बरिष्ठ प्रशिक्षक आर्जप पौडेल र सोनाम नेपालीले सहभागिलाई प्रशिक्षण प्रदान गर्नु भएको गुफा व्यवस्थापन समितिका सदस्य एवम् कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिए ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णुमाया थापा, गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सुवेदी, गुफा व्यवस्थापन समितिका सल्लाहकार हरिप्रसाद बास्तोला, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरी लम्साल, सहभागी धना पौडेल(शान्ति) संस्थाका सचिव उत्तम सिग्देल लगायतले गुफाले गर्दै आएका विविध गतिविधि र वाद्यवादन तालिमको महत्व माथि प्रकाश पारेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया