फिर्के पुल निर्माण सम्झौता रद्द

पोखरा ।
सडक डिभिजन कार्यालय पोखराले पोखरा वडा ४ र ५ जोड्ने फिर्के खोला पुल निर्माणको ठेक्का तोडेको छ ।
पुल निर्माणको ठेक्का पाएको श्री शान्ति–आरोग्य जे.भी. सानेपा ललितपुरले पटक पटक म्याद थपे गरेपनि पुल निर्माण गर्न नसकेपछि सम्झौता रद्ध गरिएको हो ।
फिर्के खाेलामाथि निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र छ । पछिल्लाे पटक थपिएकाे म्याद पनि गत वर्ष असारमा सकिएकाे थियाे । निर्माण जिम्मा पाएको श्री शान्ति–आरोग्य जे.भी. सानेपा, ललितपुरले समयमै काम सम्पन्न नगरेपछि कार्यालयले सम्झौता तोड्ने निर्णय गरेको हो ।
सम्झौता अनुसार २०७८ सालमा निमार्ण सकिनुपर्ने थियो । तर सम्झौता म्याद सकिएको तीन वर्ष सम्म पनि पुल अलपत्र छ । पटक–पटक म्याद थपेर पनि पुल निर्माणको काम निर्धारित कार्यतालिका अनुसार अघि नबढे पछि सम्झौता खारेज गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
पुल निर्माणमा ढिलाइ भएको भन्दै डिभिजन कार्यालयले कम्पनीलाई कार्यप्रगति देखाउन निर्देशन दिएको छ ।
२०७५ सालमा पुल निर्माणको ठेक्का शान्ति आरोग्य जेभीलाई दिइएको थियो । ३० महीनाभित्र पुन निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता गरेको थियो । तर तीन पटक म्याद थपिदा पनि पुल बन्न सकेको छैन ।
पहिलो पटक २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा म्याद थपिएको, २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पुर्याइएको र २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २७ सम्मको समय दिइएको कार्यालयले जानकारी दिएको छ ।









एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया