एनटिभिए गण्डकीको शुभकामना आदानप्रदान

पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहाल, संस्थापक अध्यक्ष मदन शर्मा खनाल, पूर्वअध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङ, सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा लगायतले क्यालेन्डर लोकार्पण गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटन क्षेत्रका विभिन्न गतिविधिमा एनटिभिए गण्डकीसँग सहकार्य गर्दै अघि बढ्ने बताए । एनटिभिए गण्डकीका अध्यक्ष दाहालले संस्थाले आफ्ना नियमित कार्यक्रम अन्तर्गत क्यालेन्डर प्रकाशन गरेको बताए ।
संस्थापक अध्यक्ष खनालले नयाँ वर्ष सबैका लागि खुसी, सुखी, आर्थिक समृद्धि र दीर्घ जीवनका लागि महत्वपूर्ण बन्ने कामना गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष दाहालको सभापतित्व एवं महासचिव विकासप्रसाद कँडेलले सञ्चालन गरेको कार्यक्रममा क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं संस्थाका सचिव श्याम लामिछानेले प्रकाशनका विविध पक्षबारे प्रकाश पारेका थिए ।
क्यालेन्डर प्रकाशन समितिका सदस्यमा शोभाखर तिवारी र आनन्दराज अधिकारी थिए ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया