अन्तर पुनःस्थापना केन्द्र स्तरीय टेबल टेनिस

समाधान संवाददाता २०८२ वैशाख ११ गते १६:५९

पोखरा ।
विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा नौलो घुम्ती नेपाल, नयाँ जीवनका लागि टेबल टेनिस परियोजनाको आयोजना, गण्डकी प्रदेश टेबल टेनिस संघ र कास्की जिल्ला टेबल टेनिस संघको सहकार्यमा पोखरामा सञ्चालित पुनःस्थापना केन्द्रमा उपचाररत महिला तथा पुरुषका बिच रिहाब टेबल टेनिस टुर्नामेन्ट सोमबार सकिएको छ ।


अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसनको आर्थिक सहयोग सञ्चालित टुर्नामेन्टमा पोखराका १० वटा पुनःस्थापना केन्द्रका ४० जना खेलाडी सहभागी थिए ।

मेन्स सिंगल, मेन्स डबल, वुमन सिंगलका विधाको टुर्नामेन्टमा मेन्स सिंगलमा प्रथम सुशान्त, दोस्रो रजत, तेस्रो रूपक र रोहन, मेन्स डबलमा प्रथम अन्जन र प्रदीप, दोस्रो अंकित, कमल, तेस्रोमा रोशन र आयुश र निशान र मिलन, वुमेन्स सिंगलमा प्रथम सजना, दोश्रोमा आइसा, तेस्रोमा सुनिता र प्रिन्सा विजयी भएका थिए ।

Advertisement


कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुनबहादुर लामा, गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगर, कार्यकारी प्रमुख अनेश गुरुङ, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामा लगायतले बोलेका थिए ।

कार्यक्रम सञ्चालन नौलो घुम्ती नेपालका परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक ओमकृष्ण गुरुङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया