पोखरा आदर्श स्कुलमा “योग तथा ध्यान”

पोखरा । पोखरा बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलको आयोजनामा एक दिने “योग तथा ध्यान” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक वासुदेव पौडेलद्वारा जीवन विज्ञान सम्बन्धी विभिन्न किसिमका डेमोहरू प्रस्तुत गरी ध्यान,योग र प्रणायामका सुत्रहरू पनि प्रस्तुत गरिएको थियो । पौडेलले याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता योगका प्रकारको जानकारी दिई विद्यार्थी लाई केही योगको अभ्यास गराएका थिए।
कार्यक्रम कक्षा ११ का विद्यार्थी, शिक्षक कर्मचारी एवम अभिभावकको सहभागितामा भएको हो । स्कुल निर्देशक नारायण न्यौपानेले भने, “मुलतः हाम्रा विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त बनाउन यो योग र ध्यानको अभ्यास गराइएको हो। “
योगको अभ्यासपछि सामाजिक अध्ययन एवम जिवनोपयोगी सीप अध्यापन गराउने कुशल तिमिल्सिनाले भने, “आज योगको अभ्यासले शरीरमा हल्कापन ल्याएको महसुस भयो। सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउने यस्तो योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।”
स्कुलका संस्थापक वलराम सुवेदीले अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको भन्दै आजको योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा पनि जीवनोपयोगी जानकारी पाएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाले प्रशिक्षकलाई मायाको चिनो हस्तान्तरण गरेका थिए। सापकोटाले भने, “शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो । योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।”
कार्यक्रम स्कुलका निर्देशक एबम कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेको सभापतित्वमा सञ्चालन भएको हो। सहभागी विद्यार्थीहरुले कार्यक्रम प्रयोगात्मक र जिवनोपयोगी भएको धारण व्यक्त गरे।








आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया