फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा

पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबार पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो ।
कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि.स. १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी आएर बसेपछि गाउँले उक्त ठाउँमा कुण्डहरु बनाउने, पूजापाठ गर्न सुरु गरिएको बताए । अहिले यसको विकासमा गाउँले लागिरहेको रसबैको साथ र सहयोग आवश्यक रहेको बताए । महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा सदबीज छरिने चलनसमेत छ । महाप्रभुधामसँगै रतनपाण्डे मन्दिर, त्यस क्षेत्रमा रहेको ऐतिहासिक गुफा र त्यस वरपरको पर्यटकीय क्षेत्रको विकासका लागि पत्रकारको कलम र क्यामेरा चल्नुपर्ने उनले बताए ।

वडा नम्बर १३ का अध्यक्ष किरण बरालले वडामा विभिन्न पर्यटकीय ठाउँहरु भए पनि विकास हुन नसकेको बताए । उनले यी ठाउँहरुलाई कसरी विकास गर्न सकिन्छ भनेर लागीरहेको र डिपिआर तयार पारेर अगाडि बढेको उल्लेख गरे ।
सोही अवसरमा संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । संघका अध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बरालले वडाका पर्यटकीय स्थलको प्रचारप्रसारमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण गरेको बताए ।
उनले आगामी दिनहरुमा पनि फोटो पत्रकार संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल, निवर्तमान अध्यक्ष दुर्गा पौडेलले फोटो पत्रकारिताका विषयमा बोलेका थिए । उनीहरुले पत्रकारितामा लेखनसँगै फोटो पनि त्यत्तिकै आवश्यक हुने बताएका थिए ।










जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया