क्रियाशील सदस्यता विवादमा पुतलीबजार मेयरमाथि कार्यकक्षमै हातपात प्रयास

पोखरा । पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ। पुतलीबजार नगरपालिका–१ निवासी तथा निर्माण व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका कार्यकर्ता अशोक भट्टको समूहले मेयर रेग्मीमाथि हातपात प्रयास गरेको हो ।
प्राप्त जानकारीअनुसार, श्री भट्टले पालिकाबाट निर्माणसम्बन्धी काम माग गर्दा नपाएको र पार्टीको क्रियाशील सदस्यता नविकरण नगरिएको भन्दै मेयरसँग असन्तोष व्यक्त गर्दै हातपातको प्रयास गरेका हुन् ।
स्थानीयहरूले जनाएअनुसार, गत शुक्रबार पनि भट्ट र मेयर रेग्मीबीच मेयरकै कार्यकक्षमै भनाभन भएको थियो। मेयरले “पार्टी सदस्यता नवीकरण पार्टी कार्यालयमा गर्ने हो, यहाँ जनताको काम गर्ने हो” भनेर सम्झाउँदा वातावरण तनावग्रस्त बनेको थियो।
आइतबार पुनः कार्यकक्षमा प्रवेश गरी भट्टले मेयरमाथि हातपात गर्ने प्रयास गरेकाे प्रत्यक्षदर्शीले बताए । उक्त प्रयासका क्रममा नगर प्रहरीले हस्तक्षेप गरी भट्टलाई कार्यकक्षबाहिर निकालेका थिए। त्यसपछि भट्ट सम्पर्कविहीन छन्।
नगरप्रमुख रेग्मीले आफू कानुनी उपचारमा जाने बताएका छन् । उनी नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत हुन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया