पोखरा महानगरले ठेकेदारलाई पेस्की पनि दिन सकेन

पोखरा ।
विजयपुर खोला तरेपछि चाउथे–कुँडहर जोड्ने सडक (बिपीमार्ग) बजेट अभावले अलपत्र परेको छ । पोखरा १४ र १३ जोड्ने यो सडक पृथ्वीराजमार्गको वैकल्पिक भित्री सडक हो । तर, निर्माण गरेको छोटो समयमा नै सडक भत्किएपछि पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्यो ।
महानगरको बजेट अनुसार सडक बनाउन शिवम् जिएसआर केडी कन्ट्रक्सन जेभीले भ्याटबाहेक ९ करोड ४० लाखमा ठेक्का पाएको छ । तर, महानगरको खाता रित्तो हुँदा निर्माण कम्पनीले सुरुमा पेस्की लिनै सकेको छैनन । निर्माण कम्पनीका कृष्ण ढकालले आफू बारम्बार महानगर धाउँदासमेत पेस्की पाउन नसकेको बताए ।
‘महानगरले अर्को ठाउँमा काम गरेको पैसा त दिन सकेको छैन । खातामा पैसा छैन भन्छन् । यो नयाँ ठेक्का त खोइ कहिले अगाडि बढ्छ, हामीसँग पनि पैसा हुँदैन । २/४ लाखको कुरा भएन, करोडको भयो,’ उनले भने । यो सडक अहिले भग्नाविशेष अवस्थामा पुगेको छ, पाइलैपिच्छे खाल्टा छन् । निर्माण कम्पनीले १ वर्षमा सक्ने गरेर सम्झौता गरिएको छ । तर, स्रोतको सुनिश्चित नहुँदा बाटो निर्माण अलपत्र बन्ने परेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया