दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु

दमौली ।
यहाँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा साखे सडक स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो ।
सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए । रु १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उनले बताए । यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ ।
शनिबारदेखि उक्त सडकखण्डको बराहखोला कल्भर्ट, कुमारी बैंक अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ । एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुंगेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए । शहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट ४९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुआती विन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ ।
भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक–पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुआती विन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब ९५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए ।
हाल भइरहेको ४७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताहरुले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया