पोखरामा खुल्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

पोखरा । पोखरा महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याएको छ । नियमित योग, प्राणायाम र ध्यानका कक्षाहरू सञ्चालन गर्ने गरी यो शाखा स्थापना गरेको हो । शाखाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मंगलबार शुभारम्भ गरेका छन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले मानिसहरूको व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्य र मानसिक रूपमा समेत तन्दुरुष्तिका लागि आवश्यक योग र ध्यानका लागि एक निश्चित स्थानको व्यवस्था गरिएको बताए । योग्य योग प्रशिक्षकहरुद्धारा योग तथा ध्यानका कक्षाहरू सञ्चालनमा उक्त शाखा प्रभावकारी हुने उनको विश्वास छ ।
पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोकस्थित पुरानो वडा कार्यालयको भवनमा आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा स्वास्थ्य महाशाखा मातहत रहने गरी सञ्चालनमा ल्याइएको हो । यहाँ दैनिक योगका कक्षाहरू सञ्चालन हुनेछन् । यसैबिच मङ्गलवार शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ ।
उक्त शाखाबाट पोखरा महानगरपालिकाको वडा नं.८, ७, ९ र ४ का बासिन्दाहरूले लाभ लिन सक्नेछन् । कार्यक्रममा वडा अध्यक्षहरू रुद्रनाथ बराल, राममोहन आचार्य, दीपेन्द्र मर्सानी, दुर्गा प्रसाद सुवेदी, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल लगायतको उपस्थिति थियो ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया