पोविवका नवनियुक्त रजिष्ट्रार डा. थापाद्वारा पदभार ग्रहण

पोखरा । पोखरा विश्वविद्यालयमा हालै नियुक्त भएका रजिष्ट्रार सह–प्राध्यापक डा. अजय थापाले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयको सभाहलमा आयोजित विशेष समारोहमा उपकुलपति प्राडा बेदराज केसीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरु, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
उक्त अवसरमा बोल्दै उपकुलपति प्राडा केसीले विश्वविद्यालयको सुशासन र समुन्नत कार्य सम्पादनमा रजिष्ट्रारको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै डा. थापासँगको अनुभव र क्षमताले विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरे । उनले विश्वविद्यालयलाई समृद्ध र गुणस्तरीय बनाउने सबैको साझा अभिभारा रहेको र यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले डा. थापाको बहुआयामिक अनुभवको चर्चा गर्दै उनले आफ्नो कार्यकाललाई फरक र उन्नत बनाउन लागिपर्ने विश्वास व्यक्त गरे ।
निवर्तमान रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले आफूले बोकेको जिम्मेवारी अब डा. थापाले अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गर्दै मेडिकल कलेज सञ्चालन लगायतका प्रमुख योजनाहरूमा निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।
नवनियुक्त रजिष्ट्रार सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयप्रति समाजको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै विश्वविद्यालयका विविध चुनौतीलाई समाधान गर्दै गुणस्तरीय शैक्षिक कार्यक्रम, रिसर्च तथा इनोभेशन, र बजार अनुकूल पाठ्यक्रममार्फत संस्थालाई सशक्त बनाउनु पर्नेमा जोड दिए । साथै, विश्वविद्यालयको नाममा दर्ता भएका पेटेन्ट अधिकारको प्रयोग, उच्चशिक्षाको वातावरण निर्माण र नियमन प्रणाली सुधारमा आफू सक्रिय रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्रा. राजेशकुमार ठगुराठी, स्वास्थ्य विज्ञान संकायका डीन सह–प्राध्यापक डा. अमर नागिला, व्यवस्थापन संकायका डीन सह–प्रा.डा. दयाराज ढकाल, परीक्षा नियन्त्रक सह–प्राध्यापक तुल्सीराम भण्डारी, कार्यकारी परिषद् सदस्य उप– प्राध्यापक योगराज लामिछाने, स्कूल अफ इन्जिनियरिङका निर्देशक डा. ओमप्रकाश गिरी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्राडा दिपकराज पौडेल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्राध्यापक डा. निरञ्जन श्रेष्ठ, पोखरा विश्वविद्यालय कर्मचारी संघका सभापति सहायक प्रशासक चोलाकान्त च्वाईले नविनियुक्त रजिष्टारको कार्यकालको सफलतासहित विश्वविद्यालयका समसामयिक विषयमा चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
स्वागत मन्तव्य सह–प्रशासक यादव थापा र कार्यक्रम सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया