नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

पोखरा ।
नवराज विकसहित ६ जनाको सामूहिक हत्या प्रकरणमा उच्च अदालतले सुर्खेतले घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय सदर गरेकाे छ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा उनीहरुकाे हत्या भएकाे थियाे ।
नवराज विकको प्रेमिकाका रुपमा चिनिएकी युवती र उनकी आमालाई भने अदालतले सफाइ दिएको छ । अदालतले उनीहरुलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
जिल्ला अदालतले वडाध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जातीय विभेदकै कारण नवराज विक र उनका पाँच साथीको हत्या गरेको ठहर गर्दै जन्मकैद (२५ वर्ष)को सजाय सुनाएको थियो ।
जाजरकोटको भेरी नगरपालिका–४, सानागाउँका २१ वर्षीय नवराज विक र उनका पाँच साथीले प्रेमिकालाई लिन रुकुमपश्चिम पुगेका बेला गाउँले घरेलु हतियारसहित घेराबन्दी गर्दै ती युवाहरुलाई कुटपिट गरेका थिए ।
नवराज विक, सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो । ती सबैको शव भेरी नदीमा फेला परेको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया