भोलि पोखरामा वृहत् जनसभा, विप्लवले सम्बोधन गर्ने

समाधान संवाददाता २०८२ वैशाख १७ गते १५:५५

पोखरा ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभाको आयोजना गरेको छ ।

‘१३६ औं मई दिवस भव्य रुपमा सफल पारौं, नेपाली विषेशताको समाजवाद प्राप्तिको दिशामा अगाडि बढौं’ भन्ने मुल नाराका साथ आयोजित जनासभालाई नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ ।

Advertisement


पछिल्लो विकसित राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय हस्तक्षेप तथा चलखेल, देशभित्रै देखिएका पुरातनवादी चिन्तन बोकेका समुहको गणतन्त्र विरुद्धको अराजक अभिव्यक्ति र देश भित्र चुलिदै गएको संकट साथै जनताको आशा अपेक्षा लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक समेत गर्ने कार्यक्रम रहेको छ ।


पोखराको चिप्लेढुंगामा बिहीबार दिउँसो ११:३० बजे आयोजना गरिएको वृहत् जनासभा पृथ्वीचोकबाट र्याली सहित शुरु हुने नेकपाले बताएको छ ।

Advertisement


कार्यक्रममा विभिन्न जिल्लाबाट पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरु सहभागि हुनेछन् । कार्यक्रममा स्थायी समिति सदस्य शिलु, पिविएम आजाद सी, आस्था सी लगायतले सम्बोधन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया