जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग

गण्डकी ।
पछिल्लो समय जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो ।
पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहेका इन्द्रबहादुर र सुमिता थापामगरले आफ्नो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गरेका हुन् ।
आरुमालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गरे ।
आश्रम समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको उनले बताए । आश्रममा जेष्ठनागरिक र कर्मचारी गरि ५६ जना रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
आश्रम विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगबाट सञ्चालन हुदै आएको बताउँदै उनले भने । ‘स्थापनादेखि हालसम्म त आँट म पुर्याउँछु भन्ने युक्ति पूर्णरुपले लागु भएको छ । खानेकुरा भन्दा पनि बाबाआमालाई औषधि उपचारमा बढी खर्च हुन्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया