पोखरा २६ सिलिंगेमा भैरव अर्याल स्मृति बाटिका निर्माण हुँदै

पोखरा ।
पोखरा–२६ स्थित सिलिंगेमा नेपाली साहित्यकार भैरव अर्यालको सम्मानमा ‘भैरव अर्याल स्मृति बाटिका’ निर्माण हुने भएको छ । वडाध्यक्ष नरेन थापाको योजना र पहलमा उक्त परियोजनाको सुरुआत गरिएको हो ।
वडाको पहलमा १० लाख रुपैयाँ विनियोजन गरी कार्यारम्भ गरिएको वडाध्यक्ष थापाले बताए । उनले तीन वटै तहका सरकार, कला अनुरागी, साहित्यप्रेमी, अन्य सामाजिक संघ–संस्था तथा भैरव अर्यालका प्रशंसकहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि सार्वजनिक अपिल गरेका छन् ।
अर्याल हाँस्य–व्यंग्य निबन्धकार, शिक्षक तथा समाज चिन्तक थिए । उनले कन्धनीडाँडा र वरपरको क्षेत्रमा शिक्षाको विकासमा अतुलनीय योगदान दिएका थिए । अर्याल ‘जय भुँडी’, ‘राजीनामा’, ‘टेढो ऐना’, ‘साझा निबन्ध’, ‘भैरव अर्यालका हास्य–व्यंग्य’, ‘कारिन्दाको दिनचर्या’, ‘साझा कथा’ लगायत दर्जनौँ कृतिका रचयिता हुन् ।
यो स्मृति पार्क भैरव अर्यालको गहन साहित्यिक योगदान, शिक्षण जीवन र सामाजिक चेतनाको स्मरणमा समर्पित हुने लेखक गनेस पौडेल बताउँछन् । पार्कमा उनको जीवन र कृतित्व झल्काउने प्रदर्शनी स्थल, विश्राम क्षेत्र, खुला वाचन स्थल तथा स्थानीय बासिन्दा र आगन्तुकलाई शान्त, सिर्जनात्मक र प्रेरणादायी वातावरण प्रदान गर्ने अन्य संरचना निर्माण गरिने भएको छ ।
परियोजनालाई भविष्यमा थप विस्तार गरी ‘सिर्जनाग्राम’ का रुपमा विकास गर्ने योजना पनि अघि सारिएको छ । जहाँ लेखक, शोधकर्ता र कलाकारहरुले आफ्नो सिर्जनात्मक तथा सन्धानात्मक क्रियाकलाप गर्न सक्नेछन् ।








मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा
गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया