सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति

समाधान संवाददाता २०८२ वैशाख १७ गते २०:०९

पोखरा । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदामा सहमति कायम भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त सहमति पत्र बोकेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन्। वार्तामा सहभागी एक सदस्यका अनुसार, ‘हाल ९ बुँदामा सहमति भएको छ। मन्त्रीज्यू क्याबिनेटमा जानु भएको छ। क्याबिनेटबाट पारित भएर आउँदा ती बुँदामा केही परिवर्तन हुनसक्छ।’

मन्त्रिपरिषद्को निर्णयपछि मात्र सहमतिका बुँदा सार्वजनिक गरिने तयारी गरिएको छ। केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम छ र त्यसपछिमात्र सहमतिको औपचारिक घोषणा हुने जनाइएको छ।

Advertisement

सहमति अनुसार, आगामी असार १५ गतेभित्र नयाँ शिक्षा ऐन ल्याउने विषयमा दुवै पक्ष सहमत भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया