फोनिज कास्कीले गर्यो शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रम

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका सल्लाहकार तथा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर तमुले सबै पत्रकारको क्षमता अभिवृद्धि हुनुपर्नेमा जोड दिएका छन् ।
‘समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा बुधबार पोखरामा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा उनले सबै पत्रकारको क्षमता अभिवृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले पत्रकारको छाता संस्था पत्रकार महासंघले समावेशी रूपमा समग्र पत्रकारलाई अघि बढाउनुपर्ने बताए । साथै, आदिवासी जनजाति पत्रकारले पत्रकारिता भन्दा माथि उठेर आफ्ना समुदायको हकअधिकार सुनिश्चितताका लागि कलम चलाउनुपर्ने तमुले आग्रह गरे ।
विभिन्न कार्यक्रमका लागि तीन तहका सरकारसमक्ष माग राख्नुपर्नेमा पनि तामुको आग्रह थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले प्रतिस्पर्धाको अवस्थामा बिना मेहनत लक्ष्य र उद्देश्य पूरा नहुने विषयमा बोले ।
त्यस अवसरमा पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, गण्डकी प्रदेश फोनिजका इन्चार्ज रुद्रश्रीस मगर, फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिलप्रसाद गुरुङ र समग्र आदिवासी जनजाति समाजका तर्फबाट नेवाखल कास्की महासचिव श्रीकृष्ण कतिला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकारका विभिन्न संस्थाका विभिन्न पदाधिकारी तथा सदस्यमा निर्वाचित फोनिजकर्मीलाई बधाई दिइएको थियो । फोनिज कास्की अध्यक्ष विना कुमारी थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गरेकी थिइन् भने उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया