विन्ध्यवासिनी मन्दिरनजिकै इभी चार्जिङ स्टेसन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २, मिरुवामा बुधबारदेखि नयाँ इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । बागलुङ राजमार्गमा अवस्थित विन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो चार्जिङ स्टेसनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमलश्रेष्ठले गरेका हुन् । इभी गौ फास्ट चार्जिङ स्टेशन नाम दिइएको यस स्थानमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।
श्रेष्ठका अनुसार यो स्टेसनमा एकैपटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा छ । ‘हामीले यात्रुहरूको सहजताका लागि यो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हौं । आवश्यकता अनुसार भविष्यमा थप चार्जरहरू पनि जडान गर्ने योजना छ,’ उनले बताए ।
यो चार्जिङ स्टेसन विशेष गरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरू र कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुहरूलाई लक्ष्य गरेर बनाइएको हो । बागलुङ राजमार्गमा पर्ने यो स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूको यात्रा अझ सहज र भरपर्दो हुने यात्रुहरूले अपेक्षा गरेका छन् ।
चार्जिङ स्टेसनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्तामैत्री इन्टरफेससहितको चार्जर जडान गरिएको छ । पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेसनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पु¥याउने विश्वास लिइएको छ ।
स्थानीय बासिन्दा र मुक्तिनाथ दर्शन गर्न इभी गाडी लिएर हिँडेका श्रद्धालुहरूले पनि यो स्टेशन खुलेपछि निकै सहज भएको बताएका छन् र धन्यवाद तथा आशीर्वाद दिएका छन् । यो सुविधाको स्वागत गर्दै आगामी दिनमा यस्ता चार्जिङ स्टेसनहरू थप विस्तार गर्नुपर्ने सुझाव पनि दिएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया