पोखरा–१९ काउरेस्थित शिवालय परिसरमा शंकरानन्दको मूर्ति

पोखरा । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल अम्मरेश्वर शिवालयमा संस्थापक अनन्त स्वामी शंकरानन्द गिरीजी महाराजको शालिक अनावरण गरिएको छ । पोखरा–१९ काउरेस्थित शिवालय परिसरमा स्थापना गरिएको अर्धकदको शालिक बुधबार एक कार्यक्रमका बीच महेश संन्यास आश्रम देवघाटका पीठाधीश एक हजार आठ स्वामी रमणानन्द गिरीले अनावरण गरे ।
कार्यक्रममा बोल्दै पीठाधीश गिरीले यस क्षेत्रको धार्मिक जागरण फैलाउन शंकरानन्द महाराजको भूमिका अतुलनीय रहेको बताउँदै, उनको शालिक अनावरण गर्न पाउँदा आफू धन्य भएको बताए । कार्यक्रममा पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाँडे, नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, धार्मिक व्यक्तित्व तिलक बास्तोला, नीलकण्ठ बास्तोला, कमल बास्तोला, शंकरानन्द महाराजका नाति साहित्यकार शालिग्राम आचार्य, पनाति श्यामसुन्दर आचार्य, शिवालयका पुजारी राम गिरी, भरत गिरी लगायतले अम्मरेश्वर शिवालयको स्थापनामा उहाँले खेलेको भूमिकाको चर्चा गरेका थिए । रमणानन्द गिरी सो आश्रमको समेत पीठाधीश हुन् । उक्त शालिक गिरी महाराजका सन्ततिहरूले निर्माण गरेका हुन् ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया