गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । बिहीबार पोखरा लिंकन इन्टरनेसनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।
‘समयअनुकूल शिक्षामा रुपान्तरण आवश्यक छ । शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ,’ उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गरे ।
‘शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ,’ उनले भने । मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।
स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति थियो । कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यावहारिक शिक्षाको विस्तार गर्ने प्रतिवद्धता जनाएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया