‘गण्डकी लोकतारा’ हुने

समाधान संवाददाता २०८२ वैशाख १९ गते १५:०९

पोखरा ।
राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’ हुने भएको छ । प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

Advertisement


मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा रहेका प्रतिष्ठानका जिल्ला समितिले आगामी जेठ २० गतेसम्म ‘अडिसन’ सञ्चालन गरी छनोटमा परेका प्रतिभाको नाम प्रदेश समितिमा पठाउने छन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा विश्वसंगीत दिवसको अवसर पारेर आगामी असार ७ गते पोखरामा आयोजना हुनेछ ।


प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता सञ्चालन गर्न लागेको हो । तियोगितामा प्रथम पुरस्कार ‘गण्डकी लोकतारा’ उपाधिसहित ५१ हजार १ सय ११, द्वितीयलाई ३१ हजार १ सय ११, तृतीयलाई २१ हजार १ सय ११ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया