आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजना, वडा नं. ६ कार्यालयको सहकार्य तथा जिल्ला प्रहरी कास्कीको समन्वयमा आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु वलियाले विपद् जुनसुकै बेला पनि आउनसक्ने हुँदा यस्ता कार्यक्रमले विपद् पर्दा नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने बताए ।
वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले यस्ता किसिमका कार्यक्रम व्यवहारिक र अति नै महत्वपूर्ण रहेकोले वडाले सधैं सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक बसन्तराज भुसालले एलपी ग्याँसको परिचय, ग्याँस चुहावट भई आगलागी हुँदा अपनाउनुपर्ने सावधानी, आगो नियन्त्रक उपकरणको प्रयोग गर्ने विधिको बारेमा प्रयोगात्मक अभ्यासद्वारा सहभागीलाई जानकारी दिएका थिए ।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले घर भान्छाबाट सुरक्षित हुनुपर्ने कुरा सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बैदाम स्थित आमा समूहका पदाधिकारी, सदस्य, पर्यटन व्यवसायी लगायत सर्वसाधारणहरुको सहभागिता थियो ।
कार्यक्रम सञ्चालन सचिव शान्ता सुवेदी तिमिल्सिनाले गरेकी थिइन् ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया