पोखरा विमानस्थलको न्यायिक छानबिन गरौंः गुरुङ

पोखरा । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे न्यायिक छानबिन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका महसचिव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले ठूलो रकम अनिमितता भएको प्रतिवेदन दिएकोतर्फ संकेत गर्दै त्यसको निष्पक्ष र न्यायिक छानबिन गरी दोषीहरुउपर कारवाही गर्न आग्रह गरेका हुन् ।
पोखरामा शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसदीय समितिको प्रतिवेदनमात्रै कारवाहीका लागि पर्याप्त नहुने भएकाले न्यायिक छानबिन जरुरी हुने औंल्याए । ‘समितिको प्रतिवेदनले नीतिगत कमजोरी औंल्यायो, अनियमितता देखायो, कारवाहीकै लागि यो प्रतिवेदनमात्र आधार बन्न सक्दैन, न्यायिक छानबिन आवश्यक हुन्छ,’ उनले भने ।
सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थलबारे अध्ययन गरी ३८ पृष्ठको प्रतिवेदन सार्वजनिक लेखा समितिलाई हस्तान्तरण गरिसकेको छ । प्रतिवेदनमा निर्माण सुरुआतदेखि विभिन्न तहमा अनियमितता भएको औंल्याइएको छ ।
कार्यक्रममा महासचिव गुरुङले माओवादीले सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको जनाउँदै सरकारलाई सुशासन र विकासका क्षेत्रमा काम गर्न आग्रह गरे । सुशासन र विकासको क्षेत्रमा काम हुँदै गए व्यवस्थामाथि उठेका प्रश्नहरु आफैं कमजोर हुँदै जाने उनको भनाइ छ । सरकारमा संविधान संशोधनको बेला बेलामा चर्चा हुने गरेको उल्लेख गर्दै उहाँले वृहत शान्ति सम्झौताका पक्षधरबिच समान बुझाई नभई संविधान संशोधन हुन नसक्ने औंल्याए ।
उनले भने, ‘संसदीय व्यवस्थामा सदनबाट संशोधन गर्ने एउटा विधि त छ तर बृहत शान्ति सम्झौताका पक्षहरुबिच सहमति नभई संशोधन गर्न सक्ने अवस्था छैन ।’ माओवादी केन्द्र सरकारमा जाने तयारीमा नरहेको जिकिर गर्र्दै उनले सिर्जनात्मक र रचनात्मक प्रतिपक्षको भूमिका नै निर्वाचनअघिसम्म निर्वाह गर्ने बताए ।
अहिलेको सरकार आफ्नै कारणले ढल्न सक्ने भन्दै उनले सरकारका जनविरोधी गतिविधिकै कारण राजवादीहरु सक्रिय बनेको तर्क गरे । गणतन्त्रविरुद्ध सक्रिय भएका राजावादीहरु माओवादीले आयोजना गरेको विरोधसभापछि निरुत्साहित बनेको उनको भनाइ छ । सरकारले सुशासन प्रवर्धनमा भन्दा अनियमितता गर्नेहरुलाई संरक्षण गरेकाले जनतामा निराशा चुलिएको उनको भनाइ छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया