प्रहरीले डाक्टरलाई ‘पिएन क्याम्पसमा पढेकोजस्तो कुरा नगर्नुस्’ भनेपछि…

समाधान संवाददाता २०८२ वैशाख १९ गते १८:१६

पोखरा ।
न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले वैशाख १६ गते पोखराको जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुससहित सडकमा देखिए । आन्दोलनमा उत्रेका चिकित्सकहरु जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर चर्को नाराजुलुस गरेपछि प्रहरी भीड नियन्त्रण गर्न पुगेको थियो ।

Advertisement

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् –प्रहरीले डाक्टरलाई ‘पिएन क्याम्पसमा पढेकोजस्तो कुरा नगर्नुस्’ भनेपछि…


डाक्टरहरुको आन्दोलनको भीड नियन्त्रण गर्न गएका प्रहरीले अपनाएको शैलीदेखेर यति बेला सर्वत्र आलोचना भएको छ भने पिएन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति नै निकालेर आपत्ति जनाएको छ । भीड नियन्त्रणका क्रममा प्रहरीले आन्दोलित चिकित्सकसँग ‘पिएन क्याम्पसमा पढेको विद्यार्थी जस्तो कुरा नगर्नुस् भनेका थिए । सोही टिप्पणी गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ ।


पिएन क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा लाखौं दक्ष जनशक्ति उत्पादन गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको पृथ्वीनारायण क्याम्पसको गरिमामाथि यस्तो अभिव्यक्तिले गम्भीर आघात पु¥याएको छ । यस्तो गैरजिम्मेवार भनाइले प्राध्यापक, विद्यार्थी, कर्मचारी र सम्पूर्ण शुभेच्छुकको सम्मानमा आँच पुगेको महसुस भएको ।’
विवादास्पद अभिव्यक्तिपछि स्ववियु नेतृत्वले सम्बन्धित पक्षसँग भेट गरी स्पष्टीकरण लिएको छ । भेटमा सम्बद्ध सुरक्षाकर्मीले आफूले कुनै गलत आशयले अभिव्यक्ति नदिएको, चिकित्सकहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन गरून् भन्ने सन्दर्भमा बालेको स्वीकारेका छन् ।

Advertisement


स्ववियुले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन आग्रह गर्दै आगामी दिनमा यस्ता घटनाहरू नदोहोर्याउन चेतावनी दिएको छ । पिएन क्याम्पसको शिक्षण, अनुसन्धान र राष्ट्र निर्माणमा योगदान पु¥याउँदै आएको भूमिकालाई सम्मान गर्दै संस्थाको प्रतिष्ठामाथि आँच आउने किसिमका अभिव्यक्तिबाट सबैले जोगिनुपर्ने स्ववियुको आग्रह छ ।



तपाईको प्रतिक्रिया