‘देशको जिम्मेवारी तरुणको काँधमा छ’

नवलपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे ।
राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिएका छन् ।
चितवनामा पत्रकारहरुसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य रहेको बताए । नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुननहुनेमा उनको जोड थियो ।
फरक प्रसङ्गमा उकले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । रासस









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया