क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रगत संकलन     

समाधान संवाददाता २०८२ वैशाख २१ गते ६:००

पोखरा। क्षत्री महिला समाज नेपाल, कास्कीले शनिबार पोखरामा गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन भएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी, प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकमा गरिएको रक्तदानको शुभारम्भ पहिलो रक्तदाता तथा समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापालाई व्लड व्याग हस्तान्तरण गरि गरिएको थियो । उक्त व्याग समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि रिब बहादुर थापाले हस्तान्तरण गरेका थिए । महासचिव थापाको यो ८१ औं पटकको रक्तदान थियो ।

प्रमुख अतिथि थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै सबैभन्दा ठूलो पुन्यको काम गरेको बताए । उनले भने, यो धेरै ठूलो तीर्थ हो । यस्तो मानविय संवेदनासंग, स्वास्थ्यसंग जोडिएका विषयहरुमा कार्य गर्नु महत्वको कुरा हो । यस्ता कर्म गरेपछि तीर्थ गर्नका लागि अन्यत्र जानै पदैन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम गरेको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ । र म महिलाले नै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गर्व लागेको छ उनले भनिन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्किले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । उनले भने, म पनि हरेक तीन तीन महिनामा रक्तदान गरिरहन्छु तपाँई पनि गर्नुस् । यसले आफु पनि स्वस्थ भईन्छ र अरुको जिवन बचाउन सकिन्छ ।

Advertisement

सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफूले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।

क्षत्री महिलाहरुलाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराईरहेको परिप्रेक्षमा जोखिममा परेको कसैको पनि जिवन बचाउन सहयाेग पुग्ने उदेश्यले रक्तदान आयोजना गरिएको अध्यक्ष गंगा देउजा केसीले बताइन् ।

क्षत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेत लगायतले आगामी दिनहरुमा पनि विविध सामाजिक कार्यका साथमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिईने बताईन् । कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया