पोखरामा सुरु भयो ‘यामाहा ब्लु फेस्ट’

अमिता परियार/सेलिना सिलवाल
पोखरा । पोखराका लागि यामाहाका आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले पोखरामा ‘यामाहा ब्लु फेस्ट’ सुरु गरेको छ । पोखरा सभागृहमा आइतबार सुरु भएको साटफेर मेला वैशाख २६ गतेसम्म आयोजना गर्ने भएको छ ।
दुई पांग्रे सवारी एक्सचेन्ज इभेन्टमध्ये नेपालकै ठूलो दाबी गरिएको यो कार्यक्रमले बाइक प्रेमीहरूलाई लक्षित गर्दै आकर्षक अफरहरू प्रस्तुत गरेको एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए ।
एक्सचेन्ज अफरअन्तर्गत, जुनसुकै ब्रान्डका बाइकहरू यामाहासँग साट्न सकिनेछ । यामाहाका बाइक तथा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन तथा अन्य ब्रान्डमा २५ हजारको न्यूनतम मूल्यांकन (ट्याक्स क्लियरेन्स अनिवार्य) उपलब्ध हुनेछ । साथै, एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस पनि पाइनेछ ।
फाइनान्सिङतर्फ, ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशत ब्याजदरमा योजना उपलब्ध गराइएको छ । ‘यामाहा थ्रिल अफ थ्री’ योजनामार्फत ग्राहकहरूले १ लाखसम्म नगद छुट जित्न सक्नेछन् । थ्रिल अफ थ्री अभियानमा सहभागी भएर विज्ञापन सेयर गर्दा १ हजार तथा स्क्रिनसट देखाएर ५० हजार रुपैयाँसम्म छुट पाउन सकिनेछ ।
कार्यक्रममा यामाहाका चर्चित मोडेल एआएआई प्रमाणित ७१.३३ किलोमिटर प्रति लिटर माइलेज दिने रेजेडआर १२५ एअआई हाइब्रिडदेखि एरोक्स १५५ स्कुटर र अफ–रोड डब्लुआर १५५ आर समेत प्रदर्शनीमा रहनेछन् ।
उन्नत जापानी इन्जिनियरिङमा आधारित यामाहाका सवारी साधनहरूले सुरक्षित, स्टाइलिस र रोमाञ्चक राइड अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कार्यक्रम एक्सचेन्ज मात्र नभई मनोरञ्जन र सेलिब्रेसनको अवसर पनि भएकोले साथीभाइ तथा परिवारसहित सहभागी हुन यामाहा पोखराले आग्रह गरेको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया