जिसस कास्कीको बालगृह सञ्चालकसँग अन्तरक्रिया

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले बालगृहका सञ्चालकहरुसँग आइतबार अन्तरक्रिया गरेको छ । राष्ट्रिय बाल अधिकार परिषद काठमाडौंको समन्वयमा कार्यक्रम भएकाे हाे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बालगृहका कर्मचारीलाई अनिवार्य नियुक्तिपत्र सहित न्युनतम पारिश्रमिक प्रदान गर्न साथै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे ।
पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्नुपर्ने बताए । उनले बालगृह सहित राज्यद्वारा नियन्त्रीत र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऐन ,कानुन र निर्देशिकाको पालनामा गम्भीर हुनुपर्ने उल्लेख गरे ।
श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ सबैजना केन्द्रित हुनुपर्ने बताए ।राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले कास्कीका बालगृहहरुको अवस्था र चुनौतीका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा समितिकी उप प्रमुख सरिता मालले स्वागत मन्तव्य राखेकी थिइन् भने सहिजकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
कार्यक्रममा सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया