बिसिएनद्वारा घाचोकमा दूध राख्ने क्यान सहयोग

पोखरा । नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) ले माछापुच्छ्रे गाउँपालिका ३ घाचोकको पीपलबोट दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध क्यान सहयोग गरेको छ । घाचोकका गाईपालक कृषकहरु मिलेर स्थापना गरेको सहकारीलाई दुध संकलनमा सहयोग गर्न बिसिएनले आइतबार करिब ५१ हजार रुपैयाँ मूल्य बराबरका ६ वटा स्टिलका दुग्ध क्यान हस्तान्तरण गरेको हो ।
अहिले सहकारीमा ९० जना कृषक आवद्ध छन् । उनीहरुले हरेक दिन १ हजार लिटर दुध संकलन गर्छन् । कार्यक्रममा बिसिएनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा हुमबहादुर गुरुङले प्रतिनिधिहरूले ग्रामीण क्षेत्रमा कृषि व्यवसायको प्रवद्र्धनका लागि स्थानीयहरुसँग सहकार्य गर्दै आएको जानकारी दिए । आफ्नै कार्यकालमा स्थानीयको सहयोगमा घाचोकमा जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको उनले सम्झिए ।
त्यो समयदेखि नै त्यहाँका कृषकसँग बिसिएन नजिक रहदै आएको उनले सुनाए । आगामी दिनमा पनि साथ र सहयोग गर्दै जाने उनको भनाइ छ । बर्ड लाइफ इन्टरनेसनल सिंगापुरका सिनियर एसिया पार्टनरसिप मेनेजर डा गुरुङले ग्रामीण उद्यम र वातावरणीय संरक्षणका बारेमा स्थानीयलाई बुझाएका थिए । उनले भने, ‘घाचोक जस्ता पहाडी गाउँमा कृषिको नवीन अभ्यासले दिगो विकासलाई टेवा पुर्याउँछ, यसको सुरुआत आजका यस्ता प्रयासले हुन्छ ।’
माछापुच्छ्रे गाउँपालिका ३ का वडाध्यक्ष हरिशचन्द्र लम्सालले घाचोकको कृषि सम्भावनालाई प्रविधिसँग जोड्ने यस्ता सहयोगले सकारात्मक असर पार्ने धारणा राखे । ‘दिगो कृषि प्रणालीका लागि यस्ता सघन सहकार्य आवश्यक छन्’, वडाध्यक्ष लम्सालले भने । सहकारीले प्राप्त गरेका क्यानले दुग्ध संकलन, भण्डारण र ढुवानी प्रक्रियालाई अझ व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
गिद्ध रेस्टुरेन्ट कमिटीका संस्थापक अध्यक्ष रविलाल पोखरेलले घाचोक क्षेत्रको जैविक विविधता र कृषिजन्य सम्भावनाको चर्चा गरे । ‘यो क्षेत्र गिद्ध संरक्षणको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । यहाँका मेहनती कृषकले उत्पादनमा उल्लेख्य भूमिका खेलेका छन्,’ उनले भने, ‘तर उनीहरूको श्रम अझ उजागर हुन आवश्यक छ ।’ उनले आगामी दिनमा सहकारीको भवन निर्माणका लागि बिसिएनसँग सहयोगको अपेक्षासमेत गरे ।
पीपलबोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रकाश पोखरेलले बिसिएनको सहयोगप्रति आभार व्यक्त गर्दै दुग्ध संकलन क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे । दुग्ध क्यान हस्तान्तरणपछि बिसिएनको टोलीले जटायु रेस्टुरेन्ट अवलोकन गरेको थियो ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया